शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – गत सेप्टेम्बर महिनामा गरिएको एक सर्बेक्षणअनुसार जापानको बेरोजगारी दर ४ दशमलब १ प्रतिशतमा झरेको छ । उक्त प्रतिशत अगस्त महिनामा ४ दशमलब ३ प्रतिशत रहेको थियो । गत मार्च महिनाको महाभूकम्प तथा सुनामीबाट अत्यधिक प्रभाबित क्षेत्रमा उक्त सर्बेक्षण गरिएको थियो । उक्त क्षेत्रहरुमा मासिकरुपमा गरिएको सर्बेक्षणमा यस पटक सबैभन्दा कम बेरोजगारी भेटिएको हो । महाभूकम्प अघिको महिना फेब्रुअरीमा जापानको बेरोजगारी दर ४ दशमलब ६ प्रतिशत थियो । जापानको आन्तरिक मामिला मन्त्रालयकाअनुसार सेप्टेम्बर महिनामा पुरुष बेरोजगारी ४ दशमलब ४ प्रतिशत र महिला बेरोजगारी ३ दशमलब ६ प्रतिशत रहेको थियो ।

यसैगरी एक अर्को सर्बेक्षणअनुसार जापानमा रोजगारको लागि अवसर भने शून्य दशमलब ६७ प्रतिशत रहेको छ । अर्थात रोजगारको लागि आवेदन दिने १०० जनामा ६७ जनाले मात्र रोजगारी प्राप्त गर्ने बताइएको छ । उक्त अंक अगस्त महिनामा शून्य दशमलब ६६ रहेको थियो । सुनामीले क्षतिग्रस्त क्षेत्रहरुमा पुनर्निर्माण कार्य शुरु भएकोले यो संख्या बढेको बताइएको छ ।

तपाईको प्रतिक्रिया