बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

टोकियो – अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले केही बर्षदेखि नियमित सञ्चालन गर्दै आइरहेको साहित्यिक शृंखला र १०२ औं देवकोटा जयन्ती कार्यक्रम आउंदो ६ तारिख आइतबार टोकियोको सिनओकुबोमा हुने भएको छ ।

सोही दिन समाजको अधिवेशनसमेत सम्पन्न गरी नयां कार्यसमितिको चयन गरिने भएको छ । हाल दिनेशराज ज्ञवालीको अध्यक्षतामा रहेको छैंठौं कार्यसमितिले २ बर्षे कार्यकाल सम्पन्न गरिसकेको छ ।

अनेसास जापानले प्रत्येक ३-३ महिनामा साहित्यिक शृंखला कार्यक्रम गर्दै आइरहेको छ र यो १६ औं शृंखला हो । कार्यक्रममा आफ्ना रचना बाचन गर्न अथवा सहभागिताको लागि अनेसास जापानले सम्पूर्ण साहित्यप्रेमीहरुमा अनुरोध गरेको छ । साहित्यिक कार्यक्रम सिनओकुबो स्थित हलमा साँझ ६ बजेबाट शुरु हुने बताईएको छ । ***

तपाईको प्रतिक्रिया