शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
ताप्लेजुङ- समाजमा छोराछोरी बराबर हुन् भन्ने उदाहरण दिनका लागि ताप्लेजुङ सांघु गाविसका तीन दाजुभाइले अंशबन्डा गर्दा आˆनी बहिनीलाई पनि समान अंश प्रदान गरेका छन् ।
सांघु- ८ का पेम्बा शेर्पाका तीनछोरा दातेन्जी शेर्पा, भीमतेन्जी शेर्पा र रामकुमार जुम्बा शेर्पाले बहिनी फूलमायाँ शेर्पालाई पनि आफूहरूले पाए सरह अंश प्रदान गरेका हुन् ।
पचास रोपनी जग्गा समानरूपले चारजनालाई अंश बाँडेको शेर्पा परिवारले बताएका छन् । समाजमा कसैले छोरीलाई अंश नदिएकोले आफूहरूले उदाहरणका लागि बहिनीलाई अंश दिएको फूलमायाँका कान्छा दाजु रामकुमारले बताए ।
छोरीलाई छोरासरह अंश दिन परिवार नै सहमत भएर लेखापढीका लागि मालपोत आएको जिल्लामा यो पहिलो भएको लेखापढी सङ्घका सदस्य शेरबहादुर लिम्बुले बताउनुभयो ।

तपाईको प्रतिक्रिया