शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
काभ्रे- आपसी सामान्य विषयमा विवाद हुँदा कुटपिटबाट एकजनाको मृत्यु भएको छ ।
उधारो चुरोट मागेको विषयलाई लिएर विवाद हुँदा विवादले उग्ररूप लिएर काभ्रेपलाञ्चोक फूलबारी-३ निवासी काले तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
कुटपिटबाट घाइते भएका तामाङको बी एन्ड बी अस्पतालमा उपचार गर्दागर्दै मृत्युभएको थियो ।
उनको मृत्युपछि पसलधनी सिर्जना तामाङ, पूर्णमान तामाङ, सानोकान्छा तामाङ, प्रतापसिंह तामाङ र पोसाक तामाङलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिइएको छ । अन्य तीन अभियुक्त हर्कबहादुर तामाङ, रमेश तामाङ र दोर्जे तामाङ फरार रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया