बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
काँकडभिट्टा- काँकडभिट्टाको ताज र कामक्षा होटलबाट तीन दिनअघि रङ्गेहात पक्राउ परेका चार युवतीबाट रकम लिएर प्रहरीले उनीहरूलाई छाडेको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् ।
युवतीहरूलाई नछाड्न र कार्वाही गर्न आग्रह गर्दागर्दै पनि इलाका प्रहरी कार्यालयका इन्सपेक्टर सुकदेव खनालले रकम लिएर छाडेको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।
खनालले भने होटल व्यवसायीकै रोहवरमा चेतावनी दिएर युवतीहरू छाडेको दावी गरेका छन् । होटल व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष युवराज गिरी, होटल व्यवसायी संघ मेचीनगरका उपाध्यक्ष हरि घिमिरे, सचिव हरि मैनाली, व्यवसायी विजु रञ्जितलगायतको रोहवरमा युवती छाडिएको उनले बताए ।

तपाईको प्रतिक्रिया