शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024
ताप्लेजुङ– कार्तिक महिनामै भएको हिमपातले पुर्वी पहाडी जिल्ला ताप्लेजुङको जनजीवन नराम्रोसँग प्रभावित वनिरहेको छ । हिमपातका कारण विशेषगरी ताप्लेजुङको उत्तरी क्षेत्रमा अत्यधिक चिसो वढेको स्थानिय वासिन्दाले वताएका छन् ।
हिमपातकै कारण नेपालकै प्रसिद्ध तिर्थस्थल पाथीभरामा सुरु गरिएका विकास निर्माणका कामहरु स्थगित भएका छन् । पाथीभरा देवी मन्दिर संरक्षण तथा संवर्धन समितीका अध्यक्ष डिल्लीजंग मादेनका अनुसार तीन दिनदेखि पाथीभरामा हुदैं आएका विकास निर्माणका कामहरु स्थकित भएका हुन् ।
चिसो वढेपछि कामदारहरु पाथीभरावाट भाग्न थालेकोले यहाँ हुँदै आएका विकास निर्माणका कामहरु स्थकित गरिएको अध्यक्ष मादेनले जानकारी दिनुभयो ।
पाथीभरामा गुरुयोजना मार्फत मन्दिर परिसर विस्तार गर्ने,कम्पाउन्डवाल निर्माण गर्ने,भ्यु टावर वनाउने,भत्तजनहरु हिड्ने वाटोलाई थप व्यवस्थित वनाउने लगायतका कामहरु तिव्र रुपले अघि वढिरहेका थिए ।

तपाईको प्रतिक्रिया