बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
काठमाडौं- माओवादी लडाकुको पुनवर्गीकरणको कार्यतालिका तयार सम्भवतः शुक्रबार सार्वजनिक गरिँदैछ ।
माओवादी लडाकुको रेखदेख, पुनर्स्थापना र समायोजनसम्बन्धी विशेष समितिको बैठक शुक्रबार साँझ समितिको सचिवालय नयाँ बानेश्वरमा बस्ने बैठकले कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको हो ।
यसअघि प्रमुख दलहरुबीच शान्ति प्रक्रियाका विषयमा सातबुँदे सहमति भएपछि बुधबार बसेको समितिको बैठकले आजसम्ममा समायोजनसम्बन्धी कार्यतालिका तयार पार्न समितिलाई निर्देशन दिएको थियो । तर, हिजो र आज शिविरमा परिचालन हुने जनशक्ति छनोट गर्नुपर्ने भएकाले कार्यतालिका तयार भइनसकेको समितिका सदस्य दीपकप्रकाश भट्टले जानकारी दिए ।
उनका अनुसार यही कात्तिक २५ गतेदेखि लडाकु पुनवर्गीकरणको प्रक्रिया सुरु हुनेछ । कात्तिक १५ गते भएको दलहरुको सहमतिमा मंसिर ७ गतेसम्ममा लडाकु पुनवर्गीकरणको काम गरिसक्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया