बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – आज अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको आयोजनामा कबि गोष्ठी तथा चियापान कार्यक्रम हुन गइरहेको छ ।

हाल जापान भ्रमणमा रहनुभएका बरिष्ठ पत्रकार तथा साहित्यकार बिजय चालिसे तथा नेपाली साहित्य विकास परिषद लण्डनका सह-अध्यक्ष कोमल मल्लको सम्मानमा अनेसास जापानले आज बेलुकी कबि सम्मेलन तथा चियापान कार्यक्रमको आयोजना गर्दैछ । बेलुकी ६ देखि ८ बजेसम्म यामानोते लाइनको हामामाचुच्यो स्टेशनको समोसा रेष्टुरेन्टमा सम्पन्न हुने उक्त कार्यक्रममा सहभागीता जनाउन चाहने महानुभावहरुले यसै समाचारलाई सूचना मानी सहभागिता जनाउन सकिने अनेसासले जनाएको छ ।

स्मरण रहोस् अनेसासले प्रत्येक ३/३ महिनामा नियमित साहित्य श्रृङ्खला गर्दै आइरहेको छ र त्यसबाहेक नेपालबाट अथवा बिदेशबाट जापानमा पाल्नु भएका नेपाली भाषाका साहित्यकारको सम्मानमा बिशेष अबसरका बिबिध साहित्यिक कार्यक्रमहरु गर्दैआइरहेको छ ।

तपाईको प्रतिक्रिया