शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – विजया दशमीको उपलक्षयमा सुनौलो समाज नेपाल (दुबई) ले टिका तथा क्यारमबोर्ड प्रतियोगीता आयोजना गरेको थियो । कार्यक्रममा करिब एक सयको हाराहारीमा नेपालीहरुको उपस्थीति रहेको जानकारी आयोजक समितिका सदस्य सशिधर दाहालले दिनुभयो । कार्यकम संचालन नेत्रप्रसाद बरालजीले गर्नुभएको थियो । कार्यकम संचालन गर्दै वहांले स्थापना कालको छोटो अबधिमा पनि सुनौलो समाज नेपालले नेपालीहरुलाई गर्दै आएको सहयोगको खुलेर प्रसंशा गर्नुभयो साथै नेपालीहरु विदेशमा भए पनि आफ्नो धर्म र संस्कृतिलाई कहिले पनि भुल्न नहुने भन्दै आज विदेशमा भए पनि नेपालमा जस्तै जमरा राखेर दशैँ मनाउन पाउनु भनेको आफैमा गर्वको बिषय रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै समाजका बिशेष सल्लाहाकार तिर्थराज गिरिले आफ्नो एघार वर्षको युएई बसाईको क्रममा चाडबाडमा संधै नारमाईलो महसुस गर्ने गरेकोमा यसपाली भने आफु नेपालमा नै भएको महसुस गर्न पाएको बताउनु भयो साथै आगामी दिनमा यस्ता कार्यकमहरु गर्दै लैजान सुनौलो समाज नेपाललाई सुझाब पनि दिनुभयो ।

कार्यक्रम सफल बनाउन सुनौलो समाज नेपालले चार सदस्सीय टोली गठन गरेको थियो । टोलीमा समाजका सदस्यहरु सशिधर दाहाल, सुशील चौहान, नरेन्द्र अर्याल, पंचुकुमार बम्जन हुनुहुन्थ्यो । जुन टीमलाई दशैँ कार्यकम र क्यारमबोर्ड प्रतियोगीताको जिम्मेबारी दिईएको थियो । कार्यक्रम सफल बनाउन टोलीले सशीधर दाहाल र सुशील चौहानलाई अलग अलग जिम्मेबारीमा बांडिएको थियो जसमा दशै टिका र पार्टीको जीम्मेवारी सशिधर दाहाल र क्यारमबोर्ड प्रतियोगिताको जिम्मेवारी सुशिल चौहानलाई सुम्पेको थियो । विजया दशमीको दिन भएको कार्यक्रम सफल बनाउन घटस्थापनाको दिन जमरा राखिएको र टिकाको दिन उक्त जमरा र टीका समूहका ज्येष्ठ सदस्यहरु सशिधर दाहाल र नरेन्द्र अर्यालको हातबाट सामुहिकरुपमा टिका कार्यकम तथा शुभकामना आदानप्रदान गरिएको थियो । कार्यकमपछि आयोजित पार्टीमा सहभागी धनन्जय बाबा अधीकारीले हामीसंगको कुराकानीमा “टिका र पार्टी अत्यन्त राम्रो भयो, विदेशमा भएपनि जुन हिसाबले कार्यक्रम भयो वहां आफु विदेशमा हैन आफ्नो देश नेपालमानै भएको अनुभूति महसुस भएको बताउनुभयो । निधारमा रातो टिका र जमरा लगाएर आफुभन्दा ठूलाको हातबाट टिका थाप्दा साथै भोजमा खसीको मासु र चिउरा साथै बीभिन्न परिकार खांदाको समय एउटा स्मरणीय क्षणको रुपमा संधै मानसपटलमा रहिरहने बताउनुभयो ।

कार्यक्रममा विजयादशमीको टिका लगाई दिनुहुंदै सशिधर दाहाल र नरेन्द्र आर्यालजीले आजको यस सामुहिक टिका कार्यकम गर्दाको आनन्द र जुन मजा आयो करिब एकसय भन्दा बढी मानिसहरुलाई टिका लगाईदिदा कता कता आफु नेपाली हुनुमा गर्वको अनुभव भएको बताउनुभयो ।

साथै विजया दशमीको दिन क्यारमबोर्ड प्रतियोगीताको फाईनल खेल भएको थियो । चौबिस जना सहभागी उक्त प्रतीयोगीतामा प्रथम स्थान सरोज अर्याल दोस्रो स्थान सुशील चौहान तेस्रो स्थान पन्चकुमार बम्जन तथा सान्त्वना स्थान अजय शाहले प्राप्त गर्नुभएको थियो । विजयीहरुलाई समूहका अध्यक्ष देवेन्द्र नेपाल तथा कोषध्यक्ष बालकृष्ण खनालबाट पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रमको अन्त्यमा आफ्नो मन्तब्य राक्नुहुदै सुनौलो समाज नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति देवेन्द्र नेपालले हामी नेपालीहरू जहाँ रहेपनि जस्तो अबस्थामा रहे पनि आफ्नो रितिरिवाज र परम्परालाई निरन्तरता दिनु नै आफ्नो चिनारी हो साथै राष्ट्रको गहना भन्नु नै हाम्रो मौलिक संस्कृति र परम्परा हो भन्दै सम्पूर्ण नेपालीहरुमा विजय दशमीको हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्नुभयो । थप वहांले कार्यकम सफल बनाउन आफ्नो तर्फबाट सहयोग पुरयाउनु हुने सम्पूर्ण महानुभाबहरुमा धन्यबाद ज्ञापन गर्नुभयो ।

उक्त अवसरमा सहभागी सम्पूर्ण नेपालीहरुले आफ्नो विदेश बसाईको लामो आवधिमा सम्भवत पहिलो पटक यस्तो सामुहिक टिका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएको र उक्त अवसरमा प्राप्त आफ्नोपन र कार्यक्रमको भव्यताले आफुहरुलाई नेपालमै भएको अनुभब प्राप्त भएको धारणा ब्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया