बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

टोकियो – दर्शन समाज जापानको आयोजनामा शनिबार टोकियोमा एक समारोहकाबीच दशैं बिशेष भेटघाट, शुभकामना आदान तथा टीका जमरा ग्रहण लगायतका कार्यक्रमहरुसहित सामुहिक दशैं मनाईएको छ ।

समाजका अध्यक्ष नारायणबहादुर मल्लले बडा दशैंको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना ब्यक्त गर्दै शुरु गरिएको कार्यक्रममा नव दर्गा भवानीको प्रसादकोरुपमा मान्यजनबाट टीका, जमरा र आशिरबाद ग्रहण गरिनुका साथै आपसमा शुभकामना आदान-प्रदान गरियो । त्यसपछि दशैंजन्य परिकारसहितको रात्रीभोजमा सहभागीहरु रमाएका थिए ।

दशैं भेटघाट कार्यक्रममा चिवा, नागोया, साइतामा, टोकियो, गुन्माकेन, योकोहामा लगायतका क्षेत्रबाट सहभागिता रहेको थियो ।

जापानमा रहेका ठकुरीहरुबीच पारस्परिक सरसहयोग, सम्बन्ध र सम्पर्कमा बिकास एवं बिस्तार गर्दै प्रवासका समस्यालाई सामूहिक प्रयासबाट समाधान गर्नेलगायतका उद्देश्यले दर्शन समाज जापानको करिब १० महिना अगाडि गठन भएको बताईएको छ । ***

तपाईको प्रतिक्रिया