बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – नेपाली लोकतान्त्रिक मञ्च (NDF) जापानको आयोजनामा आज टोकियोमा दशैं भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम हुँदैं छ । अपरान्ह २ बजेदेखि ओमोरीमा उक्त शुभकामना आदान प्रदान कार्यक्रम हुन लागेको हो ।

जापानमा क्रियाशील बिभिन्न संघसंस्था, ब्यवसायी, बिद्यार्थी लगायत सर्बसाधारण नेपालीहरुको सहभागिता रहने अपेक्षा गरिएको सो शुभकामना आदान प्रदान कार्यक्रम सकिएलगत्तै साबिकै हलमा नेपाली बिद्यार्थी समाज जापान (NESAJ) र अन्तरराष्ट्रिय नेपाली समाज जापान (INCJ) को संयुक्त आयोजनामा दशैं बिशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम ओमोरी सेइयु भवनको पाँचौ तल्लामा रहेको बैंकर्ट हलमा हुने कुरा आयोजकहरुले जनाएका छन् ।

नेपालीहरुको महान पर्व बडा दशैं मान्न र एनआरएन ग्लोबल सम्मेलनमा भाग लिन यसपाली जापानबाट धेरै नेपालीहरु नेपाल फर्के पनि यहाँ रहेका नेपालीहरुले बिभिन्न ठाउँमा बिभिन्न किसिमले दशैं मनाईएका समाचारहरु धमाधम प्राप्त भईरहेका छन् । यसैबीच ओसाका, निगाता, फुकुओका, गुन्माकेन, चिवा, योकोहामा, नागोयालगायतका क्षेत्रमा बस्ने नेपालीहरुले बिभिन्न ढंगले दशैं मनाएका छन् । टोकियोमा पनि बिभिन्न ठाउँमा बिभिन्न ढंगले दशैं मनाईएको समाचारहरु प्राप्त भईरहेका छन् । ***

तपाईको प्रतिक्रिया