बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

एनआरएन कोशिनेत्सु (निगाता) को आयोजनामा अक्टोबर ५ तारिख नवमीका दिन निगातामा दशैं शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय एलएम कर्पोरेशन (नवगठित लामा संघको कार्यालय) को हातामा बेलुकी ६ बजेबाट शुरु भएको कार्यक्रममा उक्त समाहरोहमा उपस्थित महानुभावहरुले एक अर्कालाई दशैँ शुभकामना आदानप्रदान गर्दै परदेशमा रहेर पनि हामी नेपालीको महान चाड बडादशैंमा एकजुट भई दशैं मनाउन पाएकोमा खुसियाली साटासाट गर्नुभयो । स्थानीय रेस्टुरेन्टमा तयार पारिएको विभिन्न प्रकारका दशैं-परिकारले कार्यक्रमलाई दशैं भोजमय बनाएको थियो ।

कार्यक्रममा जनसम्पर्क समिति जापानका उपाध्यक्ष एवं एनआरएन कोशिनेत्सुका सल्लाहकार नारायण सुबेदी, एनआरएन जापानका पूर्व सचिव एवं कोशिनेत्सुका सल्लाहकार राजेन्द्रप्रसाद भट्टराई, लामा संघका अध्यक्ष पेमा लामा, एनआरएन कोशिनेत्सुका सहसंयोजक एवं कार्यबाहक संयोजक माधव रेग्मी लगायत निगाताबासी सम्पूर्ण नेपालीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रारम्भमा एनआरएन कोशिनेत्सुका कार्यबाहक संयोजक एवं दशैँ कार्यक्रम आयोजना समितिका संयोजक माधव रेग्मीले कार्यक्रममा सहभागी सबैलाई हार्दिक स्वागत गर्नुका साथै बडा दशैको उपलक्ष्यमा सबैलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभएको थियो ।

अत्यन्त अनुशाशित, मैत्रीपूर्ण एवं सौहार्दपूर्णरुपमा सम्पन्न भएको सो कार्यक्रम बिगतमा भन्दा अझै बढि परिस्कृत र मर्यादित रुपमा सम्पन्न भएको कुरा कार्यक्रममा उपस्थित भएका महानुभावहरुको प्रतिक्रिया थियो ।
औपचारिक कार्यक्रमको समाप्ति पश्चात तास, कौडा जस्ता मनोरन्जनात्मक खेलले उपस्थित सबैलाई आनन्दित बनाएको थियो । ***

 

तपाईको प्रतिक्रिया