शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

हामी नेपाली हिन्दुहरुको महान चाड बडा दशैंको फूलपातीको दिनमा परम्पराअनुसार प्रत्येक हिन्दु धर्माबलम्बी नेपालीहरुका घर घरहरुमा शुभसाइतका प्रतीककारूपमा उखु, अदुवा, केरा र धानको बोट अनि बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल लगायत अन्य विभिन्न फलफूल विधिपूर्वक भित्रयाइन्छ । परापूर्व कालदेखि नै गोरखा दरबारस्थित दशैंघरबाट पाँच जना पुजारीले ल्याएको फूलपाती काठमाडौंको जमलसम्म ल्याई त्यसलाई शुद्ध गर्न पर्सेर हनुमानढोकास्थित दशैँघरमा विधिपूर्वक भित्र्याउने चलन आज सम्म चल्दै आएको छ, जसमा सरकारको उच्च पदस्त स्तर देखि राष्ट्रपति सम्म सरिक हुने हुनाले पनि दशैंको महत्ब सम्पूर्ण देश बिदेशमा हुने हिन्दु धर्माबलाम्बीहरुमाझ अझै ब्यापकता छाएको छ ।

नेपालमा घटस्थापनाका दिनदेखि नै विधिवतरुपमा दशैं पर्बको सुरुवात भएता पनि नेपालको सन्दर्भमा दशैँ पर्वको विशेष चहलपहल भने फूलपातीको दिनदेखि आझै बढी रुपमा हुने गर्दछ । पहाड र हिमाली जिल्लाहरुमा त दशैं आउनुभन्दा १ महिना अगाडी देखि घर रंगाउनलाई रातो, सेतो माटो ल्याई रंगाउने चिउरा कुट्ने अचार बनाउने, भोर्लाको पात टिपी दुना टपरी बनाउने, नयां नयां कपडा खरिद गरि दर्जी दाईलाई घरैमा बोलाएर लुगा सिलाउना लगाउने, मार हान्न लाई तरबार खुकुरी अर्जाप्ने लगायत दाल चामल नुन तेलको जगेडा गर्नेदेखि आ-आफ्नो टोल टोलको बाटो, पधेरो वरिपरि राम्रो र सफा सुघर होस् भनेर सामुहिकरुपमा जम्मा भई मर्मतसंहार गर्ने, सबैलाई पायक पर्ने ठाउमा रोटे र लिंगे पिंग लगाएर सम्पूर्ण गाउँवासीहरु त्यसमा आनन्द लिने गर्दछन् अझै टिकाको दिन त्यस पिंगमा खुट्टा लगाएर मात्रै भएपनि भुइँ छोड्नु र्छ भन्ने मान्यता रहदै आएको छ । यसरी बिबिध क्षेत्रमा सम्पूर्ण गाउँलेहरु मिलेर मनोरन्जन गर्नेले घर गाउँमा पहिला पहिला भएका सानातिना तिता अनुभबलाई पनि बिर्सेर सबैसंग मित्रता कायम हुने हुनेले यो दशैंको महत्ब हिमाली र पहाडी क्षेत्रमा बस्ने हिन्दु धर्माबलम्बीहरुमा बिशेष महत्ब मानिन्छ । त्यसैगरि नेपालको तराई भागमा बस्ने हिन्दु धर्माबलम्बीहरुले दशैंको तयारीलाई पहाडमा भन्दा कम महत्व दिई बिस्तारै तयारी गर्ने गर्दछन् किनभने त्यहां दशैंको तयारी किनमेल गर्न सबै सुबिधा हुने हुनाले पनि कम महत्व दिएको हुन सक्छ । यो दशैँले साना साना नानीहरुको लागि ज्यादै हर्ष र उमङ्ग ल्याईदिन्छ कैले बिद्यालय बन्द हुन्छ र साथीहरु संग घुम्ने खेल्ने, पिंग खेल्ने, नयां लुगा र गरगहना लगाएर आफन्तहरुकोमा टीका लगाउन जाने भन्ने पहिलादेखि नै योजना बनाईरहेका हुन्छन । हुन पनि नेपाली संस्कारमा पनि दशैंको समयमा जे जसरि भएपनि नानीहरुको राम्रो लगाउने र मिठो खाने चाहना पुरा गरिदिई उनीहरुलाई खुशी राख्न हरेक परिबारका मुलीले अहमभूमिका खेलेका हुन्छन । हरेकको घर घरमा मिठो मसिनो पाकेको हुन्छ । सस्तै भएपनि नयां लुगा लगाउन दिई परिबारमा खुशी दिईरहेका हुन्छन त्यसैले यसलाई हर्ष र खुशीको पर्बको रुपमा केटाकेटीदेखि बुधाबुढी सम्ममा सबैलाई खुशी तथा आनन्दको बहार ल्याईदिने गर्दछ ।

नेपाल अधिराज्यभरि हुने हिन्दु धर्मालम्बिहरुले वर्षभरिका दुख पीडा, अभाब र बिछोड जस्ता पक्षलाई बिर्सिएर हर्षोलासका साथ दशैं पर्ब मनाउने प्रचलन परापूर्बकालदेखि चलिआएकोले पनि आफ्नो रोजगारी, व्यापार व्यसाय, पढाई वा अन्य कारणले नेपालभित्र वा नेपाल बाहिर हुने सबैका आफन्तहरुलाई फूलपातीदेखि यो दशैं पर्बले चुम्बकले फलाम तानेझैँ तानी नजिक ल्याउनेगर्दछ । अनि सप्तमी अस्टमी र नवमीमा आआफ्नै घरघरमा खानपिनको लागि काका, दाई, भाई, मामा अन्य आफन्त र मिल्ने साथीभाईहरुकोमा आवतजावत गर्ने र दशमीको दिन आफ्ना घरको सबैभन्दा ठुलाबाट टीका थापी आशिर्बाद लिने, दिने चलन छ यसरी आशिर्बाद संगै साना साना नानीहरु र चेलीबेटीहरुलाई दक्षिणाकोरुपमा आआफ्नो गच्छेअनुसार दिने चलन रहेको छ भने कतै टीका लगाई आशिर्बाद दिनेलाई फलफुल र नगद राखी ढोगभेट गर्ने चलन रहेको छ ।

नेपाल बहुजाती बहुभाषी नागरिकहरु भएको मुलुक र ठाउँ अनुसारको फरक संस्कार हुनाले सबै जातजाती, भाषाभाषीमा केहि मिल्दा र केहि फरक संस्कार हुन सक्छ तै पनि समग्रमा सबै हिन्दुहरुले बिशेष महत्बकोरुपमा दशैँलाई मनाउने गर्दछन ।

विदेशमा बस्ने हिन्दु धर्माबलम्बी नेपालीहरुको चाहना हुन्छ कि आफु विदेशबाट घर जानुपर्दा दशैं वा तिहारमा परोस जसलेगर्दा बिदाको सदुपयोग त्यो चाडबाड आफन्तहरुसंग भेटघाट र दुखसुख साटासाट गर्ने अवसर मिलोस, तर त्यस्तो अवसर केहीलाई मात्रै जुर्छ । आफ्नो घर गई परिबारको साथमा सामेल भई पारिबारिक खुशीमा रमाउने अन्य सबै नेपालीहरु भने आफ्नो घरको दशैंमा सामेल हुन नपाएको दुखलाई भुल्नलाई र नेपालमा जस्तो हरेकको कोठा वा घरमा दूर्गा पूजा राखी दशैं मान्न परदेशमा सबैलाई मिल्दैन त्यसले गर्दा समूह समूह मिलि हरेक देशमा बर्षेनी आउने दुर्गापूजा दशैं, तिहार लगायत अन्य धार्मिक-सांस्कृतिक चाडबाडलाई सामुदायिकरूपमा सम्पन्न गर्ने गर्दछन् जसले गर्दा नेपाली समुदायबीच भावनात्मक एकता र सद्भाव विकास भई यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले नेपाली समुदायको मनोबल उकास्नुका साथै सामाजिक स्तरमा नेपालीहरुको छुट्टै पहिचान गर्न मद्दत पुग्ने हुन्छ ।

यसरि प्रबासमा बस्ने नेपालीहरु जुन देशमा बसेका हुन्छन त्यहि देशमा साथीभाई वा परिवार भेला भई बिदाको दिन वा काम सकी फुर्सदको समयमा मांसाहारीहरुले खशी काटी दशैंको परम्परालाई कायम राख्न खानपिन गरि साथी भाइकोमा सम्पूर्ण भेला भई वा पार्कमा भेला भई घरबाट बनाएर लागेको खानाहरु खादै गफगाफ गर्दै नाचगान गर्दै दशैंको स्वागत गर्दछन् भने शाकाहारीहरुले आफ्नो इच्छा अनुसारको खानपिन बनाई मिल्ने साथीभाईहरु जम्मा भई रमाइलो गर्दछन् र टीकाको दिनमा एकले आर्कोलाई टिका लगाएर फोटो खिची सबै साथीभाईहरुलाई कुनै जातपातको प्रबाह नगरी एक आपसमा टीका लगाई खानपिन गरि आपसमा भाइचाराको व्यवहार गर्दछन् जहाँ कोहि पूर्व कोहि पश्चिम कोहि दलित को जनजाती, को मधेशी र को बिदेशी केहि पर्बाह हुदैन सबै मानब र सबैको रगत समान छ भन्ने मान्यता अनुसारको व्यवहार हुन्छ । यस्तो संस्कार प्रबासमा बस्ने नेपालीहरुबाट नेपालमा हुने नेपालीहरुले पनि सिक्ने हो भने देखि बास्तबमै नेपालमा छुवाछुत, जातजाती भाषाभाषी बिचको दूरी यथाशक्य चांडै कम भई सबै बिचमा बन्धुत्व र एकता कायम हुनेमा ठूलो सहयोग पुग्छ भन्ने मलाई लाग्दछ ।

यसरि समष्टीगतरुपमा भन्नुपर्दा दशैंलाई हरेक हिन्दु धर्माबलम्बीहरुले नेपालमा सबैभन्दा ठूलो चाडको रुपमा मान्दै आएको र घर छोडी जहाँ जता जे जसरी बसे पनि दशैंलाई हिन्दु धर्माबलाम्बिहरुले कहिलै बिर्सिन सक्दैनन् । त्यसले जहाँसुकै बसेर वा भएर पनि आफ्नो संस्कार र पर्बकोरुपमा दशैंलाई निरन्तरता दिएर देशको धर्म, संस्कृति, भाषालाई विश्वसामु चिनाउदै घर परिबारको लागि आर्थिक समस्या टार्दै आफ्नो सिपलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा बिक्रि गरिरहेको अवस्थामा घरमा बसेर सम्भब नभएको र नगरेको परिबर्तनलाई आज प्रबासमा बसेर समयको माग संगै देश र समाजमा भएका कुरितिहरुलाई बिस्तारै कम गर्दै अगाडि बढ्नेमा प्रबासी नेपालीहरुको प्रबासको दशैंले सबै बिचमा भाइचारा र बन्धुत्व कायम गर्दै महत्बपूर्ण भूमिका खेलेको र अझै बढी खेल्ने छ जसले गर्दा बिस्तारै नेपालमा पनि यहि परिपाटी कायम हुनेमा आशाबादी हुन सकिन्छ । दुर्गा माताले हामी सबैको कल्याण गरुन , २०६८ सालको बडा दशैंको शुभकामना !

तपाईको प्रतिक्रिया