बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024
काठमाडौं- आज हिन्दू धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहारको चौथो दिन अर्थात् गोबर्द्धन पूजा । आज कृषिसँग गाँसिएका गाई, बाच्छा तथा गोरुलाई पूजा गरी रोटी, बाबर, पीठो आदि खानेकुरा खुवाइन्छ ।
धार्मिक मान्यता अनुसार गोवंशको सुरक्षा एवम् समृद्धिका लागि भगवान श्रीकृष्णले घाँसपात र पानीले सम्पन्न गोबर्द्धन पर्वतको पूजा गर्ने परम्परा बसालेको विश्वास छ । यही धार्मिक मान्यताअनुसार आज गोबरबाट गोबर्द्धन पर्वतको प्रतीक बनाएर गाई, गोरु, बाच्छा र पर्वतको पूजा गरिनछ ।
आजै नेवार समुदायको मह पूजा पनि गरिन्छ । अरुको हितका लागी नभई आफैले आफैलाई र आफ्नो स्वास्थ्यका लागी पूजा गरि आत्माको शान्ति गरिने भएकाले यसलाई विषेश महत्वका रुपमा लिइन्छ ।

तपाईको प्रतिक्रिया