शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
काठमाडौं- नेपाल संवतको नयाँ वर्ष बिहीबार विविध कार्यक्रम गरी मनाइँदैछ ।
नेपाल सम्वतलाई पनि सरकारी क्यालेन्डरमा समावेश गर्ने उद्देश्यले नेपाल सम्वतलाई राष्ट्रिय संवतको मान्यता दिएपछिको यो पहिलो नयाँ बर्ष हो ।
काठमाडौँमा यस पटक सांस्कृतिक र्‍यालीपछिको सभा टुँडिखेलमा गरिँदैछ। अघिल्ला वर्षहरुमा यस्ता सभा बसन्तपुरमा हुँदै आएको थियो । सभामा प्रधानमन्त्री बाबुराम भट्टराई प्रमुख अतिथि रहनेछन्।
११३२ वर्षअघि शङ्खधर साख्वाले काठमाडौँ उपत्यकाका गरिबको ऋण मोचन गरी नेपाल संवत्‌को प्रारम्भ गरेका थिए।
नेपाल संवत् ८८८ वर्षसम्म आधिकारिक संवतका रूपमा प्रचलनमा रहेकामा वि।सं। १९६० मा राज्यस्तरबाट नै यसमाथि रोक लगाइएको थियो।
नेपालमा वि।सं। २००७ मा प्रजातन्त्रको उदय भएदेखि नै नेपाल संवतलाई पुनःस्थापित गराउन विभिन्न प्रयास हुँदै आएको थियो।
नेपाल संवत् प्रारम्भ गरेर समाज तथा राष्ट्रलाई युगान्तकारी योगदान दिएकै फलस्वरूप शङ्खधर साख्वालाई कांग्रेस नेतृत्व सरकारले वि।सं।२०५५ मा राष्ट्रिय विभूति घोषणा गरेको थियो। त्यसैगरी माधव नेपाल नेतृत्वको सरकारले तीन वर्षअघि यो संवतलाई राष्ट्रिय संवत्‌को मान्यता दिएको थियो।

तपाईको प्रतिक्रिया