बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
काठमाडौं– नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले नेपाली काग्रेस बिपा सम्झौताको सैद्धान्तिक रुपमा विरोधी नभएको बताएका छन् ।
आफ्नै निवासमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति कोइरालाले काग्रेसले नै नेपालमा खुल्ला अर्थतन्त्र ल्याएकोले बिपाको विरोधी नभएको स्पष्ट पारे । यद्यपि उनले बिपा सम्झौता गर्ने समयप्रति भने असन्तुष्टि जनाए ।
उनले भने– ‘लगानीको सुरक्षाकोलागी बातावरण बनाउनु पर्छ । बातावरण नबनाउने अनि लगानीको सुरक्षाको कुरा गर्ने यो कन्ट्राडिक्सन भयो ।’
कोइरालाले मुलुकमा शान्ति र स्थायित्व भए त्यसले जति पनि लगानी ल्याउने भन्दै शान्ति कायम गरेर सम्झौता गरेको भए उपयूक्त हुने तर्क गरे । उनले भने–शान्ति भएपछि सबै राम्रो हुन्छ लगानीको बातावरण आफै बन्छ ।

तपाईको प्रतिक्रिया