बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024
निर्वाचित भएको तीन महिना नपुग्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पहिलो राजनीतिक भ्रमण (यसलाई उनले सदभावना भ्रमणमात्र भने पनि) गरेका छन् ।
प्रधानमन्त्रीको भ्रमण (३ कात्तिकदेखि ६ गतेसम्म) हतारमा भएकोमा विभिन्न आशंका थिए, प्रतिपक्षीमात्रै नभइ स्वयं माओवादीबाट पनि । तर उनको भित्रि मनशाय भने एउटै थियो, त्यो हो माओवादीसँग रहेको भारतीय आशंका हटाउनु । प्रधानमन्त्री यो आशंका चिर्न सफल भएका छन् ।
भ्रमणमा तीनवटा सम्झौतामा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहसहितको उपस्थितिमा प्रधानमन्त्री कार्यालय हैदरावाद हाउस भएका तीनमध्ये लगानी प्रबर्द्धन तथा सुरक्षण सम्झौता (बिपा) निकै महत्वपूर्ण छ । यसबाहेक आइन अफ क्रेडिट (सहुलियत दरको ऋण) र गलगाँड नियन्त्रणमा भारतीय सहयोग सम्झौतामा हस्ताक्षर भए ।
भ्रमण अन्त्यमा भएको प्रधानमन्त्रीसँगको संक्षिप्त संवाद
समग्रमा भारत भ्रमण कस्तो रहृयो ?
भ्रमण अत्यन्त फलदायी भएको मैले महसुस गरेको छु ।
भारतीय प्रधानमन्त्रीसँग कुराकानी ?
भारतीय प्रधानमन्त्रीसँग सबै बिषयमा खुलेर कुराकानी भयो । यसले दुई दुर्इ देशबीच रहेका कतिपय आशंका मेटिएका छन ।
बिपा सम्झौताको त विरोध भयो नि ?
बिपा सम्झौताले आर्थिक विकासको ढोका खोलेको छ ।
विपक्षीले त घाटा हुन्छन् भनिरहेका छन् नि ?
क्षतिपुर्तिको प्रावधानले नेपाललाई घाटा हुँदैन, अन्तराष्ट्रिय प्रचलन अनुसार ठुला विप्लव र दङ्गामा भएको क्षतिको मात्र क्षतिपुर्ति दिने हो । सम्झौता भन्दा पहिले घाटामा गएका उद्योगले सुविधा पाउँदैनन् ।
कसरी कार्यान्वयमा आउँछ त ?
दुई देशबीच रहेका कतिपय बिबादित बिषय समाधान गर्न संयन्त्र निर्माण गर्ने मोटामोटी सहमति भएको छ । यसले छलफल गरेपछि कार्यान्वयन चरण सुरु हुन्छ ।
अन्य थप सहमति ? 
फास्ट ट्रयाक र निजगढमा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि सहयोग गर्ने सैद्धान्तिक सहमति भएको छ । प्राविधिक बिषय टुङ्गो लागेपछि अन्तिम रुप दिइनेछ ।

तपाईको प्रतिक्रिया