बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024
काठमाडौ- लगानी प्रबर्द्धन तथा सुरक्षण सम्झौता (बिपा) मा हस्ताक्षर गरेर फर्केपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार साँझ कालोझण्डा सामना गर्नुपरेको छ ।
उहाँलाई माओवादी उपाध्यक्ष मोहन वैद्य निकट कार्यकर्ताले कालोझण्डा देखाएका छन् । वैद्य समूह निकट जनवर्गीय संगठनको बैठकले सम्झौताको विरोधमा भण्डाफोर सुरु गरेका छन् ।
माओवादी उपाध्यक्ष मोहन वैद्यले सम्झौताको विरोध गर्दै भारतीय हस्तक्षेप खुलमखुला प्रवेश गराउने मौका दिएको प्रतिक्रिया दिएका थिए । उहाँले भन्नुभएको थियो, ‘संक्रमणकालमा उद्योग धन्दा बन्द भइहाल्छन् नि, यो गलत सम्झौता हो ।’

तपाईको प्रतिक्रिया