बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024
नयाँदिल्ली- कर्मचारीले स्वागत गरेकोमा असन्तुष्ट प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई स्वदेश फर्कन लाग्दा भने राज्यमन्त्रीले विदाइ गरेका छन् ।
भारतको ४ दिने भ्रमण पूरा गरी फर्कन लागेका प्रधानमन्त्री भट्टराईलाई भारतका सञ्चार तथा प्रविधि राज्यमन्त्री सचिन पाइलटले इन्दिरागान्धी अन्तरार्ष्ट्रिय विमानस्थलमा विदाइ गरे । भारतीय राष्ट्रिय कांग्रेसको तर्फबाट राजस्थानमा विजय पाइलट संसदका सबैभन्दा कान्छा सदस्य हुन् । पाइलट कांग्रेस आइका दिवंगत नेता राजेश पाइलटका छोरा हुन् ।
३७ भ्रमण दलको नेतृत्व गर्दै बिहीबार दिल्ली पुगेका प्रधानमन्त्री भट्टराईलाई भारतीय विदेश मन्त्रालयका चिप प्रोटोकल रुचिरा खाम्बोज, उपसचिव अखिलेश मिश्रा तथा नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया