शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024
काठमाडौं- काग तिहारका उपलक्ष्यमा विश्वचर्चित चरी दादा नामका गौतम सापकोटाले काग सम्मेलन गर्ने भएका छन् ।
शान्ति र संविधान निर्माणको कामनासहित आगामी कात्तिक ८ गते संविधानसभा भवन बाहिर काग सम्मेलन गर्न लागेको उनले आइतबार राजधानीमा जानकारी दिए ।
कार्यक्रममा सापकोटाले यस वर्षको सम्मेलन विशेष महत्वको हुने बताए । देशमा शान्ति र संविधान अनिश्चित बन्दै जाँदा काग सम्मेलन गरी दबाब सृजनागर्न लागेको उनको भनाई थियो ।
विगत चार वर्षयता काग सम्मेलन गर्दै आएका सापकोटाको नाम विश्वको एक सय ५१ चरीको आवाज निकाल्ने व्यक्तिका रुपमा गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम दर्ता भइसकेको छ ।

तपाईको प्रतिक्रिया