शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024
हङकङ- आगामी कार्तिक २० मा हुने हङकङ जिल्ला परिषदको निर्वाचनमा एक नेपालीले पनि उम्मेदवारी दिएका छन् ।
परिषद्को चुनावमा शरणकुमार लिम्बूले साउदर्न डेमोक्रेटिक पार्टीबाट उम्मेदवारी दिएका हुन् । सात वर्षअघि स्थापित उक्त प्रजातान्त्रिक पार्टीमा स्थानीय चिनियँ जेम्स लङ अध्यक्ष छन् ।
जोर्डन वेस्टबाट उम्मेदवारी दिएका  लिम्बूले स्थापनाकै बेला देखि पार्टी सदस्य रहेको जनाए ।  करिब साढे आठ हजार मतदाता रहेको यस क्षेत्रमा नेपालीहरूको बाक्लो बसोबास छ  ।
प्रत्येक चार वर्षमा हुने चुनावमा १८ जिल्लाबाट ५ सय ४१ डिष्ट्रिक्ट काउन्सिलर छानिन्छन् । यसमध्ये ४ सय १२ प्रत्यक्ष निर्वाचन र बँाकी मनोनित हुन् ।

तपाईको प्रतिक्रिया