बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
चितवन- चितनवको फिस्लिङ र गोरखाको भूम्लिचोक जोड्ने त्रिशुली नदीमाथिको झोलुंगे पुल पल्टिँदा बेपत्ता भएकाको अवस्था अझै थाहा हुन सकेको छैन ।
एकातर्फको तुइन चुटिँदा पुल पल्टिएको थियो । स्थानीयबासिन्दाले केही हराइरहेको आशंका गरे पनि एक जना भारतीय नागरिकको मात्र हराइरहेको प्रहरीले पुष्टि गरेको छ ।
प्रहरी निरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार खोजी काम तीव्र रुपमा भैरहेपनि अवस्था थाहा हुन सकेको छैन ।
पुलको लठ्ठा चुँडिदा  शनिबार गोरखा बुँकोटका मानबहादुर आले र भारतकी १२ वर्षीया फ्लोरेन्सको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया