शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
रौतहट– कुनै पनि संस्थाको अध्यक्षका लागि भएको निर्वाचनमा कति जनासम्म प्रतिस्पर्धी भएको तपाईंलाई थाहा छ ? दुई, तीन, चार पाँच वा बढीमा दश ।
तर रौतहट सदरमुकाम गौरस्थित देशकै चौथो विद्यालय जुद्ध उच्च माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा भने अध्यक्षका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराए ।
विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा ४४ जनाले अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराएपछि विद्यालय प्रशासनले निर्वाचन नै स्थगित गरेको छ ।
३३ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा लगभग ३२ सय विद्यार्थी अध्ययनरत रहे पनि सुचनाको जानकारी नहुँदा अधिकांश अभिभावकहरुले परिचय पत्र बनाउन पाएनन् । परिणाम स्वरुप निर्वाचन कार्यक्रममा विद्यालय प्रांगणमा प्रवेश गर्न समेत पाएनन् ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका साधारण सदस्य तथा रौतहटबाट प्रकाशित हुने दैनिक सत्य पत्रिकाका प्रधान सम्पादक समेत रहनु भएका रामपुकार राउतले अध्यक्ष पदको उम्मेदवारी बाट आफ्नो नाम फिर्ता नलिएपछि गौर नगरपालिका वडा नम्बर २ घर भएका मोहन साह कानुको छोरा विक्रान्त विक्रम नेपाल उर्फ पालु साहले राउतलाई निधार्तरुपमा कुटपिट गरेपछि विवाद उत्पन्न भई चुनाव सरेको विद्यालयलका प्रधानाध्यापक तथा व्यवस्थापन छनौट समितिका संयोजक नागेन्द्र मण्डलले जनाएका छन् ।
यसै बिच नेपाल पत्रकार महासंघ रौतहटका सल्लाहकार प्रेमचन्द्र झाले विद्यालय प्रशासनको लापारवाहीको कारण अध्यक्षका उम्मेदवार तथा पत्रकार कुटिएको भन्दै घटनाको तत्काल छानविन तथा दोषिलाई कार्यवाही हुनु पर्ने बताए ।

तपाईको प्रतिक्रिया