मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

टोकियो – गैरआवासीय नेपाली संघको प्रमुख संरक्षकमा संस्थाका निर्वतमान अध्यक्ष देवमान हिराचन चयन हुनुभएको छ । एनआरएन अन्तराष्ट्रिय समन्वय परिषद्को आज शनिवार काठमाडैंमा वसेको पहिलो वैठकले हिराचनलाई प्रमुख संरक्षकमा चयन गरेको हो ।

यसअघि सो पदमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो थिए । सहमतिका लागि अध्यक्ष पदको दावी छाडेका हिराचनलाई संरक्षक पदमा चयन गरिएको वैठकसम्बद्ध स्रोतले जनाएको छ । एनआरएनका अन्य तीन संरक्षकमा भीम उदास, रापप्रताप थापा र अष्ट्रेलियाकी इन्द्रा वनलाई चयन गरिएको छ।

उदास र थापा यसअघि पनि सोही पदमा थिए भने उपाध्यक्षबाट उम्मेदवारी फिर्ता लिएकी बनलाई पहिलोपटक संरक्षक बनाइएको हो । ***

 

तपाईको प्रतिक्रिया