बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024
काठमाडौं- नेपालमा दसैंपछि दुर्घटनामा मृत्यु हुनेको संख्या अत्यधिक बढेको छ । दुई दिनअघि सिन्धुलीमा ४१ जना, शुक्रबार बारा लगायतका जिल्लामा ९ जनाको ज्यान गएको भोलिपल्ट शुक्रबार विशेष अदालतका उपरजिष्ट्रार यज्ञप्रसाद पोखरेलको कार दुर्घटनामा परी ज्यान गएको छ ।
बा ९ च २६३१ नम्बरको कार पूर्व पश्चिम राजमार्ग अन्तरगत बाराको पसाहा खोला नजिकै शनिबार दुर्घटना हुँदा घाईते भएका उपरजिष्ट्रार पोखरेलको काठमाडौं बाँसबारी स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा ज्यान गएको  प्रहरीले जनाएको छ ।
पोखरेललाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । दुर्घटनामा घाइते भएका पाँच जनामध्ये पोखरेलकी श्रीमती ४० वर्षीया अम्बिका र १२ वर्षीया बालिका भावना ढुंगानाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
तीब्र गतिका कारण अनियन्त्रित भइ कार सडकमै पल्टिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ***

तपाईको प्रतिक्रिया