बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
काठमाडौं- सरकारले पर्यटन वर्षमा थप पर्यटक आकर्षित गर्न भारतीय चर्चित कलाकार शाहरुख खान र चीनका नायक ज्याकी च्याङलाई नेपाल बोलाउने तयारी गरेको छ ।
संस्कृती मन्त्री गोपाल किरातीले शनिबार राजधानीमा आयोजित कार्यक्रममा उक्त खुलासा गरेका हुन् । ‘नेपालको कला संस्कृतिलाई विश्वब्यापी चिनारी गराउन चीनका नायक ज्याकी च्याङ, भारतीय कलाकारहरु रेखा, शाहरुख खानलाई नेपाल घुमाउने योजना मन्त्रालयले गरिरहेको छ,’ उनले भने ।
पर्यटन वर्षमा भारतीय चर्चित गायक कैलाश खेर, अंग्रेजी गायक ब्रायन एडम्स नेपाल आइसकेका छन् ।

तपाईको प्रतिक्रिया