बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024
चितवन- एकीकृत नेकपा माओवादीभित्रको विवाद झांगिएका बेला शीर्ष नेताहरु शनिबार भने एकै मञ्चमा देखिए ।
माओवादी आन्दोलनका अगुवा तथा सल्लाहकार समिति सदस्य खम्बासिंह कुँवरको नागरिक सम्मान कार्यक्रममा शनिबार चितवनमा अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ उपाध्यक्ष मोहन वैद्य र प्रधानमन्त्री एवं अर्का उपाध्यक्ष बाबुराम भट्टराई एकै मञ्चमा देखिएका हुन् ।
कार्यक्रममा अध्यक्ष दाहालले बलिदानबाट संविधानसभा प्राप्त भएको उल्लेख गर्दै जनचाहना अनुसार शान्ति पक्रिया र सेना समायोजनको काम टुंगोमा पुर्‍याउने बताए ।
बरिष्ठ उपाध्यक्ष बैद्यले सबै तिरबाट पार्टी एकताको कुरा मात्रै उठेको उल्लेख गर्दै क्रान्तिको धार छाडेर एकता हुन नसक्ने जिकिर गरे ।
प्रधानमन्त्री भट्टराईले भने संक्रमणकालमा पार्टी फुट्नु मुलुककै लागि घातक हुने टिप्पणी गरे । ***

तपाईको प्रतिक्रिया