शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – नेपाल जापान युथ क्लवको आयोजनामा आगामी नोवेम्बर २० तारिखका दिन “नेपाल फेडेरेशन दोश्रो रनिङ कप फूटबल टूर्नामेन्ट” हुने भएको छ ।

उक्त टूर्नामेन्टमा भाग लिन चाहने टिमले आगामी नोवेम्बर ६ तारिख रातीको १२ बजेसम्म आफ्नो नाम दर्ता गराईसक्नुपर्ने बताईएको छ । सो टूर्नामेन्टमा एक म्याच खेल्नका लागि १४ मिनेटको समय रहने छ भने १ टिममा ७ जना खेलाडि रहने आयोजकहरुले बताएका छन् ।

बिजयी टिमलाई रनिङ शील्डसहित आकर्षक पुरस्कार र प्रमाण पत्र वितरण गरिने छ ।

बढिमा ८ टिमले भाग लिने अपेक्षा गरिएको उक्त टूर्नामेन्ट बिहान ११ बजेदेखि शुरु हुने तथा स्थानको बारेमा पछि सूचना प्रकाशित गरिने कुरा आयोजक संस्थाका प्रकाश थापाले जानकारी दिएका छन ।

स्मरण रहोस गत बर्ष पनि टोकियोमा फ़ूटबल टूर्नामेन्ट सम्पन्न भएको थियो ।

“एकताका लागि फूटबल” नारा रहने उक्त कार्यक्रम सम्बन्धि बिस्तृत जानकारीका लागि निम्न ब्यक्तिहरुलाई सम्पर्क गर्न सकिने जनाईएको छ ।***

प्रकाश थापा ०९०-९३८१-४०१४
तासी लामा ०८०-३१७८-२७८२
संगीत शाक्य ०३-५७९८-२५८३
सौगात गुरुङ ०९०-९८४१-९६९७
प्रकाश गुरुङ ०९०-९८३१-००६१

तपाईको प्रतिक्रिया