शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
नविन पौडेल 
कावासोती– अज्ञात समुहको गोली प्रहारबाट नवलपरासीको हकुई गाविस ५ का चन्नर यादव घाइते भएका छन् ।
शुक्रबार राति  बजारबाट साईकलमा घरतर्फ गईरहेको समयमा  ६०  वर्षीय यादवलाई अज्ञात समुहले घर नजिक आफ्नै गाउँमा गोली प्रहार गरेको नवलपरासी प्रहरीले जनाएको छ । यादवलाई भैरहवा भुमही सडक खण्ड अन्तर्गत नवलपरासीको हकुई बाट करिब ५ सय मिटर दक्षिण भित्री  सडकमा  गोली हानिएको प्रहरीले जनाएको छ  ।
यादबको शरीरको   पछाडी पट्टीको  भागमा एक राउण्ड गोली लागेको तर  उनी खतरा मुक्त  रहेको जिल्ला पृथ्बी चन्द्र अस्पताल परासीका प्रमुख डा. आर एस  दिपले बताउनुभयो  । यादवलाई   जिल्ला पृथ्बी चन्द्र अस्पतालमा उपचार पछि थप उपचारकालागी बुटवल रिफर गरिएको छ ।
यसैबिच यादव माथी   भएको  गोली प्रहार गर्ने   दोषीलाई तत्काल  पक्राउ गरी कानुन अनुसार  कारबाही गर्न नेपाली कांग्रेस नवलपरासीले माग गरेको छ  ।

तपाईको प्रतिक्रिया