बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024
काठमाडौं– पाँचौ विश्व सम्मेलनमा विजयी पदाधिकारी तथा सम्मेलनका लागि नेपाल आएका गैरआवासीय नेपालीहरु शनिबार विभिन्न भेटघाट तथा छलफलमा सहभागी हुने भएका छन ।
शुक्रबार राति नयाँ नेतृत्व चयन भएकाले नयाँ कार्यसमितिको बैठक पनि शनिबार नै बस्ने भएको छ । नयाँ कार्यसमितिले तत्काल गर्ने नयाँ कार्यक्रमहरुको बारेमा बैठकमा निर्णय गर्ने नवनिर्वाचित ओसियाना क्षेत्रिय संयोजक मन खत्रीले जानकारी दिनुभयो । बैठकले केही कार्यविभिजन समेत गर्न सक्ने श्रोतले जनाएको छ ।
गैरआवासिय नेपालीहरुको सम्मान तथा स्वागतका लागी नेपाली कांग्रेस र नेकपा एमालेले छुट्टा छुट्टै चियापानको आयोजना गरेका छन ।
कांग्रेसले पाटी कार्यालय सानेपामा दिउँसो २ बजे चियापानको लागि बोलाएको छ । त्यसैगरी नेकपा एमालेले साँझ पाँच बजे मल्ल होटलमा बोलाएको एनआरएनले जनाएको छ । दुवै कार्यक्रममा दुवै पार्टीका शिर्षस्थ नेताहरु पनि सहभागी हुने दुवै पार्टीले जनाएका छन ।
जिवा लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको सम्मेलनले १७ बुदे काठमाण्डौ घोषणा पत्र पनि जारी गरेको छ । घोषणा पत्रमा सरकारले बनाउन लागेको लगानी बर्षलाई पुर्णरुपमा सहयोग गर्दै अत्याधिक धेरै लगानी स्वदेशमा भित्र्याउने, खुल्ला विश्वविद्यालय स्थापनाका लागि पहल गर्ने, बैदेशिक लगानीलाई सुरक्षित गराउने लगायतका विषयहरु समेटिएका छन् ।

तपाईको प्रतिक्रिया