शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं । दरबारमार्गको द आर्ट सपको ग्यालरी जापानी कलाकार तादोकोरोको चित्रकलाले भरिएको छ ।

‘होमेज अफ गडेस काली’ शिर्षकको चित्रकलामा तादोकोरोले ‘कालीयन्त्र’का विभिन्न स्वरुपलाई चित्रमा ढालेका छन् । जापानमा कला प्रशिक्षणमा क्रियाशील बौद्धमार्गी तादोकोरोले हिन्दू धर्मसँग सम्बन्धित ‘यन्त्र र तन्त्र’का बारेमा पढ्ने अवसर पाएका थिए ।

‘यन्त्रको बारेमा थाहा पाएपछि मलाई यसबारे गहन अध्ययन गर्न मन लाग्यो,’ उनले भने, ‘म यन्त्रको बारेमा अध्ययन गर्न भारत पुगेर करिव तीन महिना भारतीय चन्त्रविद् मधु खन्नासँग यन्त्र र तन्त्रका बारेमा अध्ययन गरेँ ।’

भारतको दिल्ली र बनारसमा उनले यन्त्रको बारेमा अध्ययनमात्र गरेनन्, आफ्नो विद्यालाई कयाभासमा पनि उतारे । राजधानमिा प्रदर्शित चित्रमा उनले ‘काली’ अर्थात् हिन्दू धर्मावलम्बीको आराध्य देवीलाई खुसी पार्ने यन्त्रको विभिन्न मुद्रा प्रदर्शन गरेका छन् ।

तपाईको प्रतिक्रिया