बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

टोकियो-  बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा सिटी एक्सप्रेस मनि ट्रान्सफरले जापानमा रहेका आफ्ना सेवाग्राहीहरुका लागि बजारमा ल्याएको यो बर्षको हवाई टिकट उपहार योजना  डेकबहादुर बानियालाई परेको छ । बानियाले जापानदेखि नेपाल र नेपालदेखि जापानसम्म जानका लागि हवाई टिकट हात पार्नुभएको छ ।

बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा सिटी एक्सप्रेस मनि ट्रान्सफरले गत १ जुलाई २०११ देखि १० अक्टुवर  २०११ सम्ममा पैसा पठाउने आफ़्ना सेवाग्राही मध्यवाट एक जनालाई गोला प्रथाद्वारा छनोट गरी जापानदेखि नेपाल र नेपालदेखि जापान सम्मको हवाई टिकट उपलब्ध गराउने ब्यवस्था गरेको हो । एक समारोहका बीच एनआरएन जापानका अध्यक्ष ओम गुरुंगले उक्त लक्की ड्र खोल्नुभएको थियो । ***

तपाईको प्रतिक्रिया