बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

 टोकियो – नेपालीहरुको महान पर्व बडा दशै तथा शुभदिपावलीको अवसरमा नेपाली जनसर्म्पक समिति जापानको आयोजनमा अक्टोबर १६ तारिख आइतवारका दिन टोकियोमा दशैंतिहार शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ ।

जापानस्थित संघसस्थाहरु र जापानबासी नेपालीहरुबिचमा बर्ष भरिको दुखसुखलाई बिर्सेर आपसी भाइचारा, सदभाव, मेलमिलाप, सहकार्य र समवन्यलाई अझ बढी प्रगाढ गर्दै एकताको सन्देश साटासाट गर्ने मुल उदेश्यले एक शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको कुरा महामन्त्री आनन्दबहादुर क्षेत्रीले बताउनुभयो ।

टोकियोको हाच्योबोरी स्थित हिमालयन मुन क्याफेमा दिनको ३ बजेबाट हुन गईरहेको कार्यक्रममा बिभिन्न संघसंस्थालगायत सम्पूर्ण जापानबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु र नेपाली काँग्रेसप्रति आस्थावान सम्पूर्ण महानुभावहरुमा गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गरिएको छ।

मिति: २०११।१०।१६ (आइतवार)
समय:शुभकामना आदानप्रदान दिउसो ३ बजेबाट रात्री भोज ५ बजेबाट
स्थान:-
Himalayan Moon Cafe(ヒマラヤンムーンカフェ)
Tel: ०३-३५५३-६२८५
Hibiya Line Hatchōbori Station Exit A5 3min
JR Tokyo Station Yaesu Chuo Exit 7 min
http://www.himalayanmoon.info/access.html

तपाईको प्रतिक्रिया